+
+

डिजिटल माध्यमबाट प्रेसमाथि आक्रमण बढ्यो : पत्रकार महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १६ गते १९:०६

१६ पुस, काठमाडौं । नेपाल पत्रकार महासंघले सन् २०२२ मा डिजिटिल प्रविधिको माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढेको बताएको छ ।

शनिबार एक विज्ञप्ति जारी गरी महासंघले डिजिटल माध्यमबाट भइरहेको प्रेस स्वतन्त्रतामाथिको आक्रमण नयाँ चुनौती देखिएको बताएको हो ।

महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन्, ‘अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठित रूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको छ ।’

महासंघको अभिलेखमा सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना भएका छन् । जसमा १३२ जना पुरुष, १८ जना महिला पत्रकार र ६ वटा संञ्चार संस्था प्रभावित भएका छन् ।

सन् २०२२ मा संघ, प्रदेश र स्थानीय सरकारले ल्याएका कतिपय ऐन प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेको महासंघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?