+
+

मिटर ब्याज पीडितद्वारा आन्दोलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते ८:४०

१७ पुस, जनकपुरधाम । सिराहाका मिटर ब्याज घटना पीडितहरु आन्दोलन घोषणा गरेका छन् ।

आफूहरुको मागप्रति सरकार वेवास्ता गरिरहेको भन्दै मधेश प्रदेश मिटर ब्याज घटनाका संघर्ष समितिले मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक र्‍याली प्रदर्शन गर्ने उनीहरूले बताएका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गरी सशक्त रुपले संघर्ष थाल्ने संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोज पासमानले बताए ।

मिटर ब्याज घटनालाई सञ्चारमाध्यमले व्यापक रुपमा उठाएपछि सरकारले कार्यदल गठन गरेको थियो । त्यसपछि पीडितहरुलाई सरकारले जिल्ला प्रशासनमा उजुरी दिनसमेत लगाएको थियो । तर, पीडितहरु अझैसम्म न्याय पाएको गुनासो गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?