+
+

युक्रेनबाट एक वर्षमा नेपाल आए १०१८ पर्यटक, रुसबाट कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १८:४९
Photo Credit : नेपाल पर्यटन बोर्ड
फाइल तस्वीर

१९ पुस, काठमाडौं । युद्धग्रस्त मुलुक युक्रेनबाट एक वर्षको अवधिमा १ हजार भन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ मा यस मुलुकबाट १०१८ जना पर्यटक नेपाल आएका छन् । यो संख्या कुल पर्यटक आगमनको तुलनामा शून्य दशमलव १७ प्रतिशत हिस्सा हो । सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल आएका थिए । रुसको आक्रमणका कारण यो मुलुक अशान्त बनेको छ ।

रुसबाट भने एक वर्षको अवधिमा ६ हजार ५३८ जना पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको तुलनामा १ दशमलव ०६ प्रतिशत हिस्सा हो ।

एक वर्षको अवधिमा युरोप महादेशबाट १ लाख ३३ हजार ४०२ जना पर्यटक नेपाल आएका छन् । यो संख्या भने कुल पर्यटक आगमनको तुलनामा २१.७२ प्रतिशत हो । युरोपेली मुलुकमध्ये सबैभन्दा धेरै पर्यटक बेलायतबाट आएका छन् । यस मुलुकबाट ४४ हजार ७८१ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ । दोस्रो स्थानमा जर्मनीका नागरिक छन् । तेस्रो स्थानमा फ्रान्सबाट धेरै पर्यटक आएको देखिएको छ । यस मुलुकबाट १६ हजार ८९६ जना पर्यटक आएका छन् ।

नेपालमा सबैभन्दा धेरै पर्यटक आएको मुलुक भने भारत हो । यस मुलुकबाट २ लाख ९ हजार १०५ जना पर्यटक नेपाल आएका छन् । सार्क मुलुकमध्ये भारतपछि दोस्रो स्थानमा बंगलादेश छ । नेपाल आउने कुल पर्यटकमध्ये दोस्रो स्थानमा अमेरिका छ । जुन मुलुकबाट एक वर्षमा ७७ हजार ९ जना पर्यटक नेपाल आएको तथ्यांकमा देखिएको छ । अष्ट्रेलियाबाट २६ हजार ८७४ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?