+
+

किन्ने भन्दा बेच्ने बढेपछि सुन आयात सिफारिस रोक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १२:३२
फाइल तस्वीर

२१ पुस, काठमाडौं । सुनको मूल्यले रेकर्ड कामय गरेसँगै बजारमा पुराना गहना बेच्नेको संख्या बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुराना गहना बेच्नेको भीड बढ्न थालेसँगै बजारमा नयाँ गहनाको बिक्री ठप्प भएर बैंकमा सुन थुप्रिएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

उनकाअनुसार बजारमा नयाँ गहनाको बिक्री रोकिए पछि बैंकमा अहिले एक सय किलो हाराहारी सुन थुप्रिएको छ । बजारमा नबिक्ने र बैंकमा सुन थुप्रिने भएपछि सुनको आयात सिफारिस समेत रोक्का गरिएको महासचिव बज्राचार्यले बताए ।

‘मूल्य बढेका कारण बजारमा सुनको पुराना गहना बिक्री गर्ने बढेका छन्,’ महासचिव बज्राचार्यले भने, ‘सुन बिक्न छोडेपछि बैंकर्स संघलाई सुनको आयात अनुमति रोक्का राख्न भनेका छौं ।’

महासंघको आग्रहमा बैंकर्स संघले बैंकहरुलाई सुन आयातको सिफारिस नदिएको पनि उनले बताए । अन्तर्राष्ट्रिय बजारमा डलर थप मजबुत बन्दै जाँदा त्यसको असर सुनमा पनि देखिएको महासंघको अनुमान छ । मूल्य अझै कति अस्थिर हुने भन्ने निश्चित नभएका कारण सुन बजार पर्ख र हेरको अवस्थामा रहेको महासचिव बज्राचार्यले बताए । सामान्य अवस्थामा नेपाली बजारमा दैनिक १५ देखि २० किलो सुनको बिक्री हुनेगरेको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?