+
+

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाललाई हकप्रद सेयर जारी गर्न प्राधिकरणको सैद्धान्तिक स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १५:०१

२२ पुस, काठमाडौं । नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाललाई हकप्रद सेयर जारी गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । २१ पुसमा प्राधिकरणले कम्पनीलाई हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो ।

कम्पनी बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी ५ अर्ब पुर्‍याउनका लागि हाल कायम चुक्ता पूँजीको ८८.४५१६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न ३ माघमा विशेष साधारणसभा आह्वान गरेको छ ।

विशेष साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेपछि नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर कम्पनीले हकप्रद सेयर जारी गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?