+
+

कर्णालीका भूकम्प पीडितलाई बेलायतको २ अर्ब सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १९:३७

३ जेठ, काठमाडौं । कर्णालीका भूकम्प पीडितका लागि बेलायतले दुई अर्बभन्दा बढी रकम सहयोग उपलब्ध गराएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संयुक्त राष्ट्रसंघको मानवीय सहायता टोलीले गतवर्ष पश्चिम नेपालको भूकम्प प्रभावितका लागि स्थापना गरेको संयुक्त पुनरुत्थान कार्य योजना (जेआरएपी)लाई बेलायती सहयोग नियोग फरेन, कमनवेल्थ तथा डेभलपमेन्ट अफिस (एफसीडीओ)ले काठमाडौँस्थित दूतावासमार्फत दुई अर्ब १८ करोड १९ लाख रुपैयाँ सहयोग दिने भएको हो ।

नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय प्रतिनिधि तथा मानवीयता संयोजक हाना सिंगर हाम्डीले नेपालमा मानवीयता, विकास र शान्तिका लागि संयुक्त राष्ट्र संघको योजनामा सहयोग उपलब्ध गराएकोमा बेलायतालई धन्यवाद व्यक्त गरिन् ।

‘विपद् प्रभावितको आवश्यकता सम्बोधन र सहजिकरणका लागि संयुक्त पुनरुत्थान कार्य योजना स्थापना गरिएको छ । यसमा सहयोग उपलब्ध गराएकोमा म बेलायतप्रति आभारी छु’, हानाले भनिन् ।

परियोजनाका विभिन्न अंगहरू बीच प्रभावकारी र निकट समन्वय सुनिश्चित गर्न संयुक्त राष्ट्र आवासीय संयोजकको कार्यालयको नेतृत्वमा आईओएम, यूएनएफपीए, यूनिसेफ र विश्व खाद्य कार्यक्रमको संयुक्त कार्यक्रममार्फत सहयोग प्रदान गरिनेछ ।

उक्त कोषले पश्चिम नेपालका झण्डै ५० हजार भूकम्प प्रभावित जनताको पानी सरसफाइ र सरसफाई, पोषण, संरक्षण, आश्रय र खाद्य सुरक्षा आवश्यकतालाई सम्बोधन गर्ने नेपालस्थित राष्ट्रसंघले जनाएको छ ।

जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका भूकम्पपीडित समुदायलाई अधिकतम लाभ पुर्‍याउनका लागि स्रोतसाधन उपयोगको सुनिश्चितता गर्दै प्रभावित जनसङ्ख्याप्रति जवाफदेहीताका लागि यी पहलहरूको कार्यान्वयन गरिने राष्ट्रसंघले जनाएको छ ।

बेलायती दूतावासकी विकास निर्देशक पिप्पा बर्डले यो रकम भूकम्पपछि तत्काल मानवीय राहतको लागि बेलायतले सहयोग तत्काल प्रदान गरेको स्मरण गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?