+
+

माधव नेपाल निकट अखिलले प्रचण्डलाई भन्यो : एकताको पहल लिइदिनुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १८:१९

२२ पुस, काठमाडौ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर वाम एकताको विषय उठाएको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार शुक्रबार प्रधानमन्त्रीसँग भएको भेटमा मुख्यत दुई विषयमा कुरा भए । ‘देशभरका सबै क्याम्पसमा स्ववियू चुनावको माग राख्यौं उहाँले सम्बन्धित पदाधिकारीलाई निर्देश गर्ने बचन दिनुभएको छ’ अनेरास्ववियूका अध्यक्ष पराजुलीले भने ।

साथसाथै वाम एकताको पहल लिइदिन समेत आफूहरुले प्रचण्डलाई आग्रह गरेको उनले बताए । ‘हामीले एकताको पहल लिइदिनुपर्‍यो भन्यौं । उहाँले माधव नेपाल र आफू एक ठाउँमा हुँदा कम्युनिस्ट आन्दोलन सरल ढंगले सशक्त भएर अगाडि बढ्ने बताउनुभयो’ अध्यक्ष पराजुलीले अनलाइनखबरसित भने ।

माधव नेपाल निकट अखिलका अध्यक्ष पराजुलीसहित महासचिव आरती लामा लगायतको टोलीले प्रधानमन्त्री निवास वालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?