+
+

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा आए गोविन्द केसी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १३:५४

२४ पुस, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा बिरोध प्रदर्शन भएको छ । आइतवार महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा उनीहरुले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यू महिलाहरु सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो ? लगायतका प्लेकार्ड बोकेर सांकेतिक विरोध जनाएका थिए ।

बिरोध कार्यक्रममा बोल्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले प्रतिवद्धता जनाएको एक वर्ष बितिसक्दासमेत घटनामा संलग्नमाथि अनुसन्धान सुरु नगरेको भन्दै विरोध जनाए । डा. केसीले अपराधीहरुलाई राजनीतिक दलहरुले नै संरक्षण गरेको आरोप लगाए ।

‘अपराधीलाई कारबाही गर्ने ठाउँमा सांसद बनाउने भनेपछि अपराधीको स्थान कहाँ हो ? पार्टीमा हो कि जेलमा हो ? अपहरण गरेर मार्ने देखेका मान्छेहरुले भन्दाभन्दै टिकट दिएर सांसद बनाइन्छ भने त्यो भन्दा बढी राजनीतिको भ्रष्टिकरण र अपराधीकरण अरु के हुन्छ ?’ उनले प्रश्न गरे ।

बाँकेकी निर्मला कुर्मी बेपत्ता पारेको घटनामा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित बादशाह कुर्मी आरोपित छन् । उनी ४ मंसिरको प्रदेशसभा चुनावमा लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । बिरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिवद्धताबाट बारम्बार पछि हटिरहेको बताइन् ।

‘सरकारले गरेको वाचा पूरा गरेको छैन । प्रतिवेदन बनायो, कार्यान्वयन भएन । दोस्रो चरणको आन्दोलन गर्दा अन्य अभियुक्तलाई समातियो तर मुख्य अभियुक्तलाई समातिएन । मुख्य अभियुक्तलाई सरकार र स्थानीय प्रहरीले नै समर्थन गरेको छ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?