News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले धनगढीमा अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।
- मन्त्री पोखरेलले वार्ताको वातावरण बनाउन आग्रह गर्दै सरकारले डा. केसीसँग वार्ता गर्न टोली गठनको तयारी गरिरहेको जानकारी दिएका छन् ।
- डा. केसीका सहयोगी डा. अमृत जैशीले चालू आर्थिक वर्षभित्रै तीन सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने पाँच बुँदे मागबारे जानकारी गराएका छन् ।
८ साउन, धनगढी । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले धनगढीमा अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।
शुक्रबार साँझ डाक्टर केसीसँग कुरा गर्न उनका सहयोगी डाक्टर अमृत जैशीलाई फोन गरेका थिए ।
तर केसी आराम गरिरहेका कारण जैशीले नै मन्त्रीसँग कुराकानी गरेको बताए । फोन संवाद गर्दै मन्त्री पोखरेलले सरकार केसीका मागप्रती सकारात्मक भएको बताउँदै वार्ताको वातावरण बनाउन भूमिका खेलिदिन आग्रह गरेका हुन् ।
‘केहीबेर अघि मन्त्री ज्यूले आफैं फोन गर्नुभएको थियोे । डाक्टर साबले उठाउनुभएका माग सम्बोधन गर्न सरकार सकारात्मक छ भन्नुभयो,’ डा. जैशीले भने, ‘सरकारले उहाँसँग वार्ता गर्न टोली गठन गर्ने तयारी गरेको छ । सचिवालयले पनि अध्ययन गर्दैछ भन्नुभयो ।’
जैशीकाअनुसार मन्त्री पोखरेलले केसीसँगै टेलिफोनमा कुराकानी गर्न खोजेका थिए तर उनी आराम गरिरहेको समय परेका कारण सम्भव नभएको हो ।
डाक्टर केसीका तर्फबाट स्वयंम जैशीले नै पाँच बुँदे मागसहित चालू आर्थिक वर्षभित्रै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शैयाको अस्पताल दरबन्दी स्वीकृत गरि सञ्चालन गर्नुपर्ने, चालू शैक्षिक सत्रमै चिकित्सा शिक्षा पढाइ हुनुपर्ने र स्वार्थ प्रेरित भएर पदाधिकारी हटाउनुपर्ने सहमतिका बटमलाइन भएको बताएका छन् ।
मन्त्री र डाक्टर केसीबीच समेत फोन संवादको तयारी छ । केसी बिहीबारदेखि कृष्ण मन्दिरको धर्मशालामा अनसन बसिरहेका छन् ।
प्रतिक्रिया 4