+
+

बागमतीको मुख्यमन्त्रीका लागि जम्मकट्टेलले पेश गरे दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १४:०९

२५ पुस, हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

७० प्रदेशसभा सदस्यको समर्थनसहित उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

उनलाई आफ्नै दल माओवादी केन्द्र (२१), नेकपा एमाले (२७) राप्रपाको (१३), एकीकृत समाजवादी (७) र हाम्रो नेपाली पार्टीको (२) को समर्थन छ ।

११० सदस्यीय प्रदेशसभामा सरकार बन्न ५६ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?