+
+

बार्सिलोनालाई ला लिगाको शीर्ष स्थानमा ३ अंकको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते ८:२१

२५ पुस, काठमाडौं । उस्मान डेम्बेलेले पहिलो हाफमा निर्णायक गोल गर्दा एट्लेटिको मड्रिडलाई पराजित गरी बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ ।

पहिलो हाफमा गाभीको पासमा डेम्बेलेले गोल गरेका हुन् । दोस्रो हाफमा पनि उनको एउटा प्रहार पोष्टमा लागेर बाहिरिएको थियो ।

घरेलु टोली एट्लेटिको मड्रिडले इन्जूरी समयमा बराबरी गोल फर्काउने एउटा अवसर गुमाएको थियो । एन्टोइन ग्रिजमनको प्रहार रोनाल्ड अराउजोले गोललाइनबाट क्लियर गरिदिएका थिए ।

इन्जूरी समयमा स्टेफल सेभिक र फरान टोरेसलाई एक विवादका क्रममा रातो कार्ड दिएपछि दुवै टिमले १० खेलाडीमा रहेर खेल अन्त्य गरेका थिए । म्यानचेस्टर सिटीका दुवै खेलाडी बल छाडेर हात हालाहालमा उत्रिएका थिए । रेफ्रीले दुवैलाई सिधा रातो कार्ड देखाएका हुन् ।

अघिल्लो दिन रियल मड्रिडले भिल्लारियलसँग पराजित हुनुको फाइनल बार्सिलोनाले भरपूर उठाउन सफल रह्यो । यो जितले बार्सिलोनालाई शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता दिएको छ ।

एट्लेटिकोका अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनीका लागि यो खेल एउटा कोशेढुंगा बन्यो । उनले ला लिगाको शीर्ष डिभिजनमा लगातार ४१८ खेलमा प्रशिक्षण गरेर कीर्तिमान बनाएका छन् । तर, सिजनको सुरुवाती १६ खेलमा यो पाँचौं हारले टिम र उनी दुवै दवावमा छन् । एट्लेटिको शीर्ष स्थानको बार्सिलोनासँग १४ अंकले पछाडि छ ।

बार्सिलोनाको १६ खेलबाट ४१ अंक भएको छ । समान खेलबाट रियलको ३८ अंक छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?