+
+

मिथिला लघुवित्तले १५.७९ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १२:२२

२९ पुस, काठमाडौं । मिथिला लघुवित्तले वित्तीय संस्थाले १५.७९ लाभांश दिने भएको छ । २८ पुस बिहिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १७ करोड ४ लाख ३७ हजार १७९ रुपैयाँको १५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?