+
+
Shares

विमान दुर्घटनाको उद्धारमा खटिन पार्टी संयन्त्रलाई देउवाको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १३:३७

१ माघ, काठमाडौं । कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टी संयन्त्रलाई निर्देशन दिएका छन् ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएलगत्तै सामाजिक संजालमार्फत देउवाले उद्धारमा खटिन नेपाली कांग्रेस कास्कीको पार्टी संयन्त्रलाई निर्देशन दिएको बताएका छन् ।

देउवाले उद्धारलाई प्रभावकारी बनाउन आवस्यक सबै प्रक्रिया अबिलम्ब सुरु गर्न नेपाल सरकारसँग माग समेत गरेका छन् । ‘यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खबरले स्तव्ध भएको छु । यस दुखद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्दछ’, उनले भनेका छन्,  ‘साथै उद्दारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टीका सबै निकायलाई निर्देशन गर्दछु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?