+
+

जहाज दुर्घटनाको शोकमा पोखराका मेला–महोत्सव स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १५:४०
फाइल तस्वीर

१ माघ, काठमाडौं । पोखरा महानगरपालिकाले पूर्वनिर्धारित मेला-महोत्सव लगायतका कार्यक्रम स्थगित गरेको छ । जहाज दुर्घटनाको शोकमा महानगरपालिकाले मेला-महोत्सव लगायतका निर्धारित कार्यक्रम स्थगित गरेको महानगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै महानगरका मेयरका धनराज आचार्यले मेला-महोत्सव लगायतका कार्यक्रमहरु तत्कालका लागि स्थगित गरिएको बताए । उनले दुर्घटना स्थलको समेत अवलोकन गरेका छन् ।

दुर्घटनाका सम्पूर्ण विवरणहरू लिएर उद्धार तथा खोजी कार्यमा महानगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको उनले बताए । दुर्घटनाका विषयमा यथार्थ जानकारी आउने क्रममा रहेकाले दिग्भ्रमित हुने गरी पुष्टि नभएका कुनै पनि विषयहरू सामाजिक सञ्जालहरूमा अनुमानका भरमा सम्प्रेषण नगर्न समेत मेयर आचार्यले सचेत गराएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ७ र १५ को बीचमा आइतबार बिहान यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?