+
+

‘बिदा दिने भए थोत्रा जहाजलाई दिउँ’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते २१:२४

१ माघ, काठमाडौं । पोखरा विमान दुर्घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद डाक्नु स्वभाविक नै थियो । उनले आफ्ना सबै नियमित कार्यक्रम रद्द गरे । त्यसबाट घटनाप्रति सरकारको संवेदनशीलता देखिन्थ्यो ।

सँगै मन्त्रिपरिषदले सबै आन्तरिक उडानअघि विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । अनि त्यसै क्रममा सरकारले भोलि सोमबारलाई बिदा घोषणा गरेको छ ।

देश शोकमा भएका बेला धेरै बहसको गुन्जायस नहोला । तर एउटा प्रश्न जरुर उठ्छ– के बिदा नै हाम्रा समस्याहरुको समाधान हो ? बिदा दिएपछि अरु केही गर्नु नपर्ने ?

यस्ता प्रश्नहरु सामाजिक सन्जालमा उठिरहेका छन् ।

मिलन देवकोटाले लेखेकी छन्, ‘शोक बिदा रे । बिदाले ज्यान गुमाएका हाम्रा आफ्नाहरु फर्केर आउँछन् ? नेपालको आकाश किन असुरक्षित छ ? जहाजको कन्डिसन के कस्तो छ ? चालक दलका सदस्यहरु के कस्ता छन् ? कहिलै सरकारले यो बुझ्न खोजेको छ ?

स्वरुप आचार्यले लेखेका छन्– विदा दिनुको साटो यति एयरलाइन्सका सबै विमानहरुको सम्पूर्ण रुपमा स्वतन्त्र प्राविधिक अडिट नसकिएसम्म ग्राउण्डेड गर्ने निर्णय गर्नुपर्थ्यो जस्तो लाग्छ ।

त्यस्तै डा प्रकाश बन्जाडेले लेखेका छन् – कस्तो दुखद् ! थोत्रा जहाज आकाशमा उडिन्जेल हामीले यस्तै नियति शोक भोगीरहनु पर्छ ! बिदा थोत्रा जहाजलाई गरौँ। हार्दिक श्रद्धाञ्जली ।

यस्ता धेरै कमेन्ट सामाजिक सन्जालमा प्राप्त भएका छन् । योसँगै सोसल मिडिया युजरले सरकारले तत्कालै बदलिने निर्णयबारे पनि आक्रोश पोखेका छन् ।

उनीहरुले प्रधानमन्नी प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले पोखरा जाने तयारी गरेकामा समेत आलोचना गरेका थिए । सुरक्षा निकायले समेत अहिले भीआइपी पुग्दा उद्दार कार्य नै प्रभावित हुन सक्ने भन्दै त्यहाँ नजान सुझाएपछि प्रधानमन्त्री र गृहमन्त्रीलाई लिन बालुवाटार पुगेको सेनाको हेलिकोप्टर फर्केको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमान दुर्घटनापछि खोजी तथा उद्धार कार्यका लागि सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरु परिचालन गरिएको भन्दै आफू र प्रधानमन्त्री त्यहाँ पुग्दा उद्धार कार्य झन प्रभावित होला भनेर तत्काल नजाने निर्णय गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?