+
+

जाडो विदामा घर हिंडेका बाबुछोरीकै विमान दुर्घटनामा मृत्यु

राजन पौडेल राजन पौडेल
२०७९ माघ १ गते १८:०५

१ माघ, पर्वत । पोखरामा भएका विमान दुर्घटनामा ज्यान गुमाउनेमा पर्वतको कुश्माका बाबुछोरी नै छन् ।

दुर्घटनामा कुश्मा नगरपालिका- ९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेलको मृत्यु भएको छ ।

काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् ।

‘छोरीको स्कूल बिदा पनि भएकाले दाजुभाइ भेटौं भनेर जन्मघर आउन लाग्नुभएको रहेछ’, अरुणका छिमेकी उपेन्द्र अधिकारीले भने, ‘उहाँहरूलाई लिन भाइ  (अरुणका भाइ केशव) विमानस्थलमै पुग्नुभएको थियो ।’

केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धिको शवको पहिचान गरेका थिए ।

मृतक पौडेल ९ वर्ष कोरियामा बसेर फर्केका थिए । अधिकारीका अनुसार कोरियाबाट फर्केपछि पौडेल ३ छोरी र श्रीमतीसँग काठमाडौंमा बस्दै आएका थिए ।

कोरियाबाट फर्किएपछि समाजसेवामा लागेका उनी गत मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?