+
+

विमान दुर्घटनाप्रति रुसी राष्ट्रपति पुटिनको समवेदना

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १९:४३

१ माघ, काठमाडौं । पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति भलादीमीर पुटिनले समवेदना सन्देश पठाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाएर उनले दुख व्यक्त गरेका रुसी समाचार संस्था तासले जनाएको छ ।

तासले प्रकाशित गरेको समाचारमा उल्लेख भएअनुसार पुटिनले समकक्षी विद्यादेवी भण्डारीलाई आइतबार नेपाली दूतावासमार्फत शोक सन्देश पठाएको सूचना रसियाको सरकारी अड्डा केरमिनलले टेलिग्राममा राखेको छ ।

‘पोखरामा भएको यात्रुवाहक विमान दुर्घटनाको दुःखद खबरका लागि मेरो गहिरो समवेदना स्वीकार गर्नुहोला । यस भयानक दुर्घनामा परी ज्यान गुमाउने मृतकहरू श्रद्धाञ्जली र उहाँका परिवार र साथीहरूप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु,’ पुटिनले पठाएको सन्देशमा उल्लेख छ ।

७२ जना सवार यति एयरको विमान पोखरामा दुर्घटना भएको हो । जसमा एक जना रुसी नागरिकसमेत सवार थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?