+
+

एनभीए क्लब च्याम्पियनसिपः पुलिसकी उषा र हेल्प नेपालका मुवासर सर्वोत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १९:४४

१ माघ, काठमाडौं । महिलातर्फ नेपाल पुलिसकी उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका मुवासर राजा एनभीए क्लब च्याम्पियनसिप भलिबलमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

आइतबार सम्पन्न प्रतियोगितामा नेपाल पुलिसलाई उपाधि दिलाउन उषाको प्रदर्शन उत्कृष्ट थियो । पाकिस्तानका मुवासरले पनि हेल्प नेपालको उपाधि यात्रामा शानदार भूमिका निभाएका थिए । दुवैले जनही २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

विधागतमा महिलातर्फ न्यु डायमण्ड क्लबकी शलिना श्रेष्ठ उत्कृष्ट लिबेरो चुनिइन् । उत्कृष्ट सेटरमा नेपाल पुलिसकी कमला पुन, सर्भरमा त्रिभुवन आर्मीकी संगम महतो, ब्लकरमा एपीएफकी कविता भट्ट, स्पाइकरमा न्यु डायमण्डकी प्रतिभा माली र प्रशिक्षकमा च्याम्पियन टिम नेपाल पुलिसका रुपेश विष्ट चुनिए ।

पुरुषतर्फ हेल्प नेपालका दीपक थापा उत्कृष्ट लिवेरो बने । आर्मीका हरिहजुर थापाले उत्कृष्ट सेटरको व्यक्तिगत अवार्ड पाए । उत्कृष्ट सर्भरमा हेल्प नेपालका पाकिस्तानी खेलाडी मुवासर राजा, ब्लकरमा नेपाल पुलिसका नवीन नगरकोटी, स्पाइकरमा आर्मीका धनबहादुर भट्ट र प्रशिक्षकमा च्याम्पियन टिम हेल्प नेपालका उत्सव खड्का उत्कृष्ट चुनिए ।

महिला र पुरुषतर्फ विधागत पुरस्कार पाउने सबैले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए । अघिल्लो आइतबारदेखि सन्चालन भएको सातौं एनभीए क्लब च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिलातर्फ ८ टिमको सहभागिता थियो ।

पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टिमले आसन्न राष्ट्रिय क्लब लिग खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?