+
+

प्रधानमन्त्री कप महिला टी–२०ः प्रदेश १ को लगातार जित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १३:३६

२ माघ, काठमाडौं । सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली प्रदेश १ ले लगातार दोस्रो जित निकालेको छ ।

जनता क्रिकेट मैदानमा सोमबार विहान बाक्लो हुस्सुका कारण समयमै टस हुन नसक्दा खेल ९ ओभरमा झारिएको थियो । ९ ओभरमा झारिएको खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ९ ओभरमा ४ विकेट गुमाएर ५९ रनको योगफल खडा गरेको थियो । ओपनर काजल श्रेष्ठ र कप्तान रुविना क्षेत्रीले ३८ रनको सुरुवाती साझेदारी गरेका थिए । काजलले २१ र रुविनाले १७ रन जोडे । तेस्रो नम्बरमा आएकी अप्सरी बेगमले १२ रन बनाइन् । स्मृति कटुवाल ४ रनमा अविजित रहिन् ।

बलिङमा लुम्बिनीका कृतिका मरासिनी, सरस्वती पुन र विभास्ना बीसीले १–१ विकेट लिए ।

जवाफमा लुम्बिनीले ७ विकेट गुमाएर ५० रनमात्र बनाउन सक्यो । ओपनर लक्ष्मी चौधरीले १७ बलमा ४ चौका र १ छक्कासहित ३१ रनको योगदान गरे पनि अन्यले कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङमा संगीता राईले ३ विकेट लिइन् । प्लेयर अफ द म्याच बनेकी उनले २ ओभरमा ४ रनमात्र खर्चिइन् । सवनम राई, ज्योती दनवार र रुविना क्षेत्रीले १–१ विकेट लिए ।

प्रतियोगिताको समूह बी मा रहेको प्रदेश १ टिम लगातार दोस्रो जितपछि ४ अंकसहित समूहको शीर्ष स्थानमा छ । पहिलो खेल जितेको लुम्बिनी २ अंकसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?