+
+

विमान दुर्घटनामा ज्यान गुमाएका सदाकत अलिमियाको शव परिवारले बुझे

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १९:३७

२ माघ, पोखरा । यती एयरको विमान दुर्घटनामा निधन भएका पोखरा १३ का सदाकत अलिमियाको शव परिवारले बुझेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी मेडिकल कलेजमा पोस्टमार्टम गरेपछि उनको शव परिवारलाई बुझाइएको हो ।

पोखरामा व्यापार व्यवसाय गर्दै आएका सदाकत सानिमालाई काठमाडौंमा पुर्‍याएर फर्कने क्रममा दुर्घटनामा परेका थिए ।

२६ वर्षीय उनको मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

पोखरामा २४ जनाको मात्र पोस्ट मार्टम गर्न लागिएको छ र बाँकी शव काठमाडौं पठाइएको छ ।

पोखरामा आज अब २ वटा शवमात्र पोस्टमार्टम गरेर परिवारलाई बुझाउने अस्पतालले जनाएको छ । बाँकी शव भोलि पोस्टमार्टम गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?