+
+

रियल मड्रिडमा खतराको घन्टी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १२:३१

३ माघ, काठमाडौं । सन् २०१० यता फाइनलमा कार्लो एन्सेलोटीको पहिलो हारले ला लिगा तथा च्याम्पियन्स लिगको साविक विजेता रियल मड्रिडका लागि एक निराशाजनक क्षणको सुरुवाततर्फ संकेत गर्नेछ ।

यो क्षण यस्तो समयमा आएको छ कि चीर प्रतिद्वन्द्वी बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले पहिलो आधिकारिक उपाधि उचालेका छन् । स्पेनिस सुपर कपमा रियलले बार्सिलोनासँग ३–१ को हार ब्यहोरेको हो ।

साउदी अरबको रियादमा रियलको कमजोरीहरु उदांगियो । उनीहरु भ्यालेन्सियालाई पेनाल्टीमा हराएर फाइनलमा पुग्न नै संघर्षरत थिए । बार्सिलोनासँग त उनीहरु ९० मिनेटको खेलका दौरान प्रतिक्रियाविहीन थिए ।

बच्चाजस्तो गल्ती र आक्रामकतामा कमी र यहाँसम्म कि पहिलो हाफमा रियलका खेलाडीहरु अरुचीपूर्ण व्यवहार गरिरहेका थिए । टिमभित्रै एकअर्काबीच तिरस्कारपूर्ण इशारासमेत देखिए ।

जवकि सुपर कप एक सामान्य उपाधि हो । रियलको हार खासगरी बार्सिलोनासँग हुन्छ भने टिमको मनोवलका लागि एक ठूलो झड्का रहँदै आएको छ ।

ला लिगामा भिल्लारियलसँग हारेपछि केहि सन्देहका साथ रियल टिम रियाद पुगेको थियो । भ्यालेन्सियासँगको सेमिफाइनल प्रदर्शनबाट नै ती सन्देह पुष्टि हुन थालेको हो । फाइनलका दौरान भएका गल्तीहरुले स्टाडियो सान्टियागो बर्नबेउमा खतराको घन्टी बजाएको छ ।

एन्सेलोटीले आफ्नो टिमले हालैका खेलहरुमा लगातार रक्षात्मक गल्ती गरेकोबारे चेतावनी दिइसकेका छन् । तर, उनका खेलाडीहरु अवस्था सुधार्न सक्षम देखिएनन् । तीनै गोलमा एकाग्रताको कमी, गलत पास र रक्षापंक्तिमा सामान्य गल्तीहरुको असामान्य शृखंलाको असर थियो ।

करिम बेन्जेमाको सान्त्वना गोल पनि रियल मड्रिडका समर्थकलाई खुसी बनाउन पर्याप्त थिएन । जव खेलको अन्तिम सिठ्ठी बज्यो त्यसपछि सबैको अनुहारको भावबाट प्रष्ट हुन्थ्यो । इटालियन प्रशिक्षक एन्सेलोटी फुटबललाई नतिजासँग मात्र हेर्नुपर्ने बताउँछन् । र, उनको टिमको वर्तमान परिणाम वास्तवमै राम्रो छैन ।

खराव परिणामहरुको शृंखला अन्त्य गर्नका लागि आगामी विहीबार कोपा डेल रेमा भिल्लारियलसँगको खेलले अधिक महत्व राख्नेछ । त्यतिबेलासम्मका लागि रियलले आफ्नो आत्मविश्वास फिर्ता ल्याउन प्रयास गर्नुपर्नेछ । त्यस खेलमा प्रतिकुल नतिजा आएको खण्डमा रियलको खराव समयको सुरुवात भएको मानिनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?