+
+

‘भगवत् गीता’को नायकमा विपिन कार्की अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १२:१९

काठमाडौं । झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’को नायकमा विपिन कार्की अनुबन्धित भएका छन् । बुधबार निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । फिल्ममा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिंदैछन् ।

माघ २० गतेदेखि छायांकन सुरु हुने फिल्ममा विपिनले नायककै भूमिकामा अभिनय गर्ने निर्माता सुनिलकुमार थापाले जानकारी दिए ।

योसँगै फिल्ममा प्रमुख कलाकारको समीकरण पूरा भएको छ । जनकपुर र मनाङ आसपासमा छायांकन हुने फिल्ममा स्थानीय कलाकार पनि सहभागी हुनेछन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई आगामी वैशाख १ गते रिलिज गर्ने योजना रहेको समेत निर्माता थापाले जानकारी दिए । ‘अहिलेसम्म उक्त मितिमै आउने योजना छ’ निर्माता थापाले अनलाइनखबरसँग भने, ‘सुटिङ हुँदै गर्दाको परिस्थितिमा रिलिज डेट निर्भर हुनेछ ।’

फिल्मलाई अभिनेत्री सुहाना थापा सीईओ रहेको त्रिनेत्रम् डिष्ट्रिब्युसनले उपत्यकाबाहिर र काव्या फिल्मसले काठमाडौंमा वितरण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?