+
+

रिडी मेलामा बिक्री भएनन् डोको डालो र राडीपाखी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १३:१६

५ माघ, गुल्मी । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा लागेको माघी मेलामा बाँस र निगालोबाटा बनाइएका डोको, डाली, सुपो, काइँयो र मान्द्रो लगायतका सामाग्री राखिएका छन् ।

त्यस्तै भेडाको ऊनबाट बनेका राडीपाखी, काम्ला, गलैंचाहरु र वल्लोबाट बनेका सामाग्री पनि बिक्रीका लागि ल्याइएका छन् । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ अन्तर्गत रिडीमा गत पुस मसान्तदेखि माघी मेला लागिरहेको छ ।

५ माघमा सकिने मेलामा हुम्ला, जुम्ला, बाग्लुङ्ग र रुकुम पूर्वबाट व्यापारका व्यवसायी आएका छन् । तर हातले बुनेका यस्ता सामग्री धेरै बिक्री नभएको बागलुङबाट आएका व्यवसायी खगेन्द्र विश्वकर्माले बताए ।

प्लास्टिकको बढ्दो प्रयोगका कारण आफुहरुको समान बिक्री नभएको उनी बताउँछन् । रिडीमा पहिलेदेखि व्यापार गर्दै आएका व्यवसायी सामान बिक्री नभए पनि परम्परा धान्न आइरहेका छन् ।

नदीमा स्नान गर्न, नमुनाको रुपमा निर्माण गरिएको तिनमुखे झोलुङ्गे पुल अवलोकन गर्न र रिडीसँग धेरै पहिलेदेखिको आत्मीता रहेका कारण मेलामा आएको रुकुम पूर्वकी व्यवसायी सुनपुरा बुढाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?