+
+

कर्जा लगानी बढाएसँगै बढ्यो निफ्राको नाफा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १२:४८

६ माघ, काठमाडौं । कर्जा विस्तार हुँदा नेपाल इन्फ्रास्ट्रचर बैंकको खुद ब्याज आम्दानीसँगै नाफा पनि बढेको छ । बैंकले चालु आर्थिक वर्ष (आव) २०७९/८० को दोस्रो त्रैमाससम्म ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आव २०७८/७९ को दोस्रो त्रैमाससम्म बैंकले ४४ करोड २६ लाख ४८ हजार मुनाफा आर्जन गरेको थियो । पुसमा बैंकले नेपाल राष्ट्र बैंकले तोकेको नियमकीय व्यवस्था गरेपछिको नाफा भने ६० करोड ४१ लाख ८ हजार रुपैयाँ रहेबको छ ।

ठूला पूर्वाधार र विकास परियोजनमा लगानी गर्ने उदेश्य सहति नेपाल सकारको समेत लगानीमा स्थापना भएको बैंकले २०७९ पुस मसान्तसम्म १९ अर्ब ८२ करोड ३० लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ३२ करोड ४९ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८ अर्ब १३ करोड ६४ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सम्भावित कर्जा नोक्सानीवापत ४ करोड २५ लाख १४ हजार रुपैयाँ छुट्याएको छ । पुस मसान्तमा बैंकको सञ्चालन नाफा १ अर्ब ९ करोड ४५ लाख १५ हजार रहेको छ ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा तथा सञ्चित कोषमा १ अर्ब ६६ करोड ९६ लाख २० हजार रहेको छ । बैंकले पुस मसान्तसम्म ५७ करोड ७९ लाख ५४ हजार निक्षेप र २ अर्ब २८ करोड २३ लाख १३ हजार रुपैयाँ ऋणपत्र मार्फत स्रोत संकलन गरेको छ ।

बैंकको प्रकाशित वित्तीय विवरण अनुसार वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै मूल्य आम्दानी अनुपात ३२.१४ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?