+
+

आठौं जिल्लास्तरीय अन्तर विद्यालय भलिबल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १७:४४

६ माघ, बुटवल । रुपन्देहीमा अन्तर मावि जिल्लास्तरीय छात्र-छात्रा भलिबल प्रतियोगिताकाे आठौं संस्करण सुरु भएको छ ।

एभरेष्ट बोर्डिङ स्कुलको आयोजनामा सन्चालित प्रतियोगिताको प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले शुक्रबार उद्घाटन गरे ।

प्रतियोगितामा सरकारी र संस्थागत गरी छात्रतर्फ १९ र छात्रातर्फ २९ टिमको सहभागिता छ ।

छात्रतर्फ मणिमुकुन्द मावि बुटवलले विजयी सुरुवात गरेको हो । वेष्ट अफ थ्रीका आधारमा सन्चालित प्रतियोगिताको उदघाटन खेलमा मणिमुकुन्दले देवदह माविलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगिताको उपाधि विजेताले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले १५ हजार र तेस्रो हुनेले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

अघिल्लो संस्करणमा छात्रतर्फ मणिमुकुन्द र छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले उपाधि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?