+
+
Shares

महोत्तरीको मनराशिसवा नगरको ६ वटा वडामा मदिरा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १९:०७
फाइल तस्वीर

१० माघ, वीरगञ्ज । महोत्तरीको मनरा शिसवा नगरपालिकाले ६ वटा वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । भने बाँकी ४ वटा वडामा पनि मदिरा बेचविखनमा कडाई गरेको छ ।

वडा नं २, ३, ५, ८, ९ र १० गरी ६ वटा वडामा मदिराको उत्पादन तथा विक्री वितरणमा पूर्ण रुपमा बन्देज लगाइएको प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले जानकारी दिए । त्यसैगरि वडा नं १, ४, ६ र ७ मा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा मठ मन्दिरको चारैतर्फ ३ सय मिटर दुरी भित्रको क्षेत्रमा मदिरा उत्पादन, संकलन, भण्डारण तथा बिक्रि वितरण गर्नमा रोक लगाईएको उनले बताए ।

‘ मनराशिसवा भारतसँग सीमा जोडिएको पालिका हो, बिहारमा मदिरा उत्पादन, बिक्रि वितरण र सेवनमा निषेध छ ।’ उनले भने ‘सीमावर्ती क्षेत्रमा रक्सी पसल खोलेर बेच्ने गरेको पाईयो, भारतीय नागरिकहरु आएर रक्सी खाने, हो–हल्ला गर्ने, चेलीबेटीलाई हैरान पार्ने क्रम बढेपछि यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं ।’

पुस ३० गते सम्पन्न भएको नगरपालिकाको १०औं नगरसभाबाट पारित मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७९ अनुसार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत चौधरीको भनाई छ ।

नगरबासीको सदाचार, समाजिक सदभाव, स्वास्थ्य, सुविधा आर्थिक हित तथा अपराधिक घटनाहरु नियन्त्रण गर्नका लागि यस्तो कार्य गरिएको मनरा शिसवा नगरपालिकाले जनाएको छ ।
प्रहरी प्रशासनसँगको समन्वयमा काम अघि बढाईएको बताउँदै उनले पालिका भित्र शान्ति सुव्यवस्था, अमन चयन कायम गराउन पनि यो कार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
माघ ९ गते नगरपालिकाले सूचना जारी गरेर वडा क्षेत्रहरुमा मदिरा पसल, बिक्रि वितरण तथा उत्पादन गरिरहेका सम्पूर्ण व्यवसायीहरुलाई १५ दिनभित्र तोकिएको मापदण्ड पालना गर्न आग्रह समेत गरिसेकेको छ । नगरपालिकाले गरेको आग्रहलाई अटेर गरेमा ऐन अनुसार कारबाही गर्ने चेतावनी समेत सूचना मार्फत दिईएको छ ।

हेर्नुहोस् नगरपालिकाले जारी गरेको सूचना :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?