+
+

फर्नान्डो सान्तोस बने पोल्याण्डको नयाँ प्रशिक्षक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १३:५३

११ माघ, काठमाडौं । पोर्चुगलका पूर्व प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

प्रशिक्षकका लागि इंल्याण्डका पूर्व मिडफिल्डर स्टेभेन जेरार्डको नाम पनि चर्चामा थियो । उनलाई प्रिमियर लिग क्लब एस्टन भिल्लाले गत अक्टोबरमा बर्खास्त गरेको थियो ।

६८ वर्षीय सान्तोसले भने कतार विश्वकपछि पोर्चुगलको टिम छाडेका थिए । सान्तोसले पोर्चुगललाई २०१६ को युरो कप र २०१९ को नेसन्स लिगको उपाधि जिताएका थिए ।

तर कतारमा डिसेम्बरमा सम्पन्न विश्वकपमा भने पोर्चुगल क्वाटरफाइनलमा मोरक्कोसँग पराजित हुँदै बाहिरिएको थियो ।

सान्तोसले प्रशिक्षकको रुपमा कामलाई निरन्रता दिन पाउँदा खुशी व्यक्त गरे । पोलिस फुटबल संघका अध्यक्ष सेजारी कुलेस्जाले कठिन भएपछि राम्रो प्रशिक्षक छनोट गरेको प्रतिक्रिया दिए ।

उनले सान्तोसलाई २०२४ को युरोकप छनोट गराउने काम दिएका छन् । सान्तोसले यसअघि २०१० देखि २०१४ सम्म ग्रीसको प्रशिक्षण सम्हालेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?