+
+

गृहमन्त्रीको आश्वासन : प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १५:२६

११ माघ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन् ।

कीर्तिपुरस्थित अस्पतालमा पुगेका उनले मृतकको परिवारका सदस्यहरुलाई भेटेका हुन् ।

भेटका क्रममा उनले भनेका छन्, ‘वाक्क भएर नै राजनीतिमा आएका हौं । हामी पनि त्यस्तै भयौं भने नागरिकमा निराशा हुन्छ भन्ने हेक्का छ ।’ तर प्रेमप्रसादमा आश जगाउन नसकेको भन्दै परिवारसँग क्षमा समेत मागेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले प्रेमप्रसादले उठाएका विषयहरुमा छानबिन गर्नुपर्ने विषयमा छानबिन गर्ने र सचेत हुनुपर्ने विषयमा सचेत हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?