+
+

घनश्याम भूसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको तयारी

बामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास

रामकुमार डिसी रामकुमार डिसी
२०७९ माघ १२ गते १२:१२

१२ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाउने तयारी गरेको छ ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार, हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारी भएको हो ।

गत २९ पुसमा भूसालले एकीकृत समाजवादी प्रवेशको घोषणा गरेका थिए । भूसालले तत्कालै एकीकृत समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरेको थियो ।

अहिले सचिवालय सदस्यकै भूमिकामा रहेका भूसाललाई महासचिव बनाउने गरी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । २१-२२ माघमा बोलाइएको बैठकबाट भूसाललाई महासचिव चयनको निर्णय गर्ने तयारी भएको छ ।

२०७१ को नवौं महाधिवेशनबाट भूसाल नेकपा एमालेका उपमहासचिव निर्वाचित भएका थिए । तर गत वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा भूसाल उपाध्यक्षमा पराजित भए ।

एमालेले भूसाललाई स्थायी कमिटी सदस्य चयन गरेको थियो । तर गत २३ असोजमा भूसाल एमाले परित्याग गरी रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए । चुनाव जित्न भने सकेनन् ।

एकीकृत समाजवादीले नेता वामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास गरेको छ ।

गौतमले यसबारे एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसँग औपचारिक-अनौपचारिक संवाद गरिरहेका छन् ।

गौतमले केही सैद्धान्तिक विषयमा आफ्नो व्याख्या गर्दै दस्तावेज एकीकृत समाजवादीलाई बुझाएका छन् ।

आफू एमाले नजाने र आफ्ना कुरा सम्बोधन भए एकीकृत समाजवादीमै आउने बचन गौतमले दिएको एक नेताले जानकारी दिए ।

गौतम पार्टीमा आए उनलाई वरिष्ठ उपाध्यक्ष पद दिने तयारी एकीकृत समाजवादीको छ । गौतम तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा पनि वरिष्ठ उपाध्यक्ष थिए ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?