+
+

बाबर आजमले जिते आईसीसी क्रिकेटर अफ दि इयर अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १८:५७

१२ माघ, काठमाडौं । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम विश्वकै उत्कृष्ट खेलाडी बनेका छन् ।

बाबरले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी बिहीबार घोषणा गरेको सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् ।

आईसीसीले हरेक वर्ष प्रदान गर्ने अवार्डहरुमध्ये यो अवार्ड सबैभन्दा ठूलो अवार्ड हो । बाबरले इंग्ल्यान्डका बेन स्टोक्स, जिम्बावेका सिकन्दर राजा र न्युजिल्यान्डका टिम साउथीलाई पछि पार्दै उक्त प्रतिष्ठित अवार्ड जितेका हुन् । बाबरले यसअघि यस वर्षको ओडीआई प्लेअर अफ दि इयरको अवार्ड समेत जितेका थिए ।

पाकिस्तानका खेलाडीले लगातार दोस्रो पटक यो अवार्ड जितेका हुन् । यसअघि गतवर्ष पाकिस्तानकै फास्ट बलर शाहिन शाह अफ्रिदीले यस अवार्ड जितेका थिए ।

बाबरले वर्ष २०२२ मा ४४ खेलमा ८ शतक र १५ अर्धशतकसहित २ हजार ५९८ रन बनाएका थिए । यस्तै बाबर ओडीआई टिम अफ दी इयरको टिममा समेत परेका छन् र उनी सो टिमको कप्तान समेत चयन भएका हुन् ।

यमहिलातर्फ आईसीसी प्लेअर अफ दी इयरको अवार्ड इंग्ल्याण्डकी अलराउण्डर नाट सिभरले जितिन् । उनले नै आईसीसी ओडीआई प्लेअर अफ दि इयरको अवार्ड समेत जितिन् । यस बाहेक आईसीसी पुरुष प्लेअयर अफ दि इयर इंग्ल्याण्डका बेन स्टोक्स र भारतका सूर्यकुमार यादवले पुरुष टी-२० आई क्रिकेटर अफ दी अवार्ड जितेका छन् ।

इमर्जिङ क्रिकेटरको अवार्ड दक्षिण अफ्रिकाका फास्ट बलर मार्को यानसनले जिते ।

नामिबियाका कप्तान जेरार्ड एरास्मसले एसोसियट क्रिकेटर २०२२ को अवार्ड जिते ।

आईसीसी स्पिरीट अफ क्रिकेट अवार्ड नेपालका विकेटकिपर आसिफ शेखले जितेका छन् ।

महिलातर्फ टी-२० प्लेअर अफ दि इयर अष्ट्रेलियाका तहलिया म्याकग्राथ र इमर्जिङ क्रिकेटर अफ दि इयर भारतकी रेनुका सिंह बनिन् ।

महिलातर्फ एसोसिएट क्रिकेटर अफ दि इयर युएईकी इशा ओझा बनिन् । आईसीसी अम्पायर अफ दि इयर इंग्ल्याण्डका रिचर्ड इलिङवर्थ घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?