+
+

मधेशका अर्थमन्त्री यादवले पदभार ग्रहण गर्दै दिए राजश्व बढाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १७:२२

१५ माघ, जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त अर्थमन्त्री संजय यादवले पदभार ग्रहण गरेका छन् ।

गत पुस २९ गते जसपाबाट बिनाविभागीय मन्त्रीको रुपमा नियुक्त भएर पद तथा गोपनियताको शपथ लिएका यादवलाई माघ १२ गते अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

मन्त्री यादवले आइबार दिउँसो पदभार ग्रहण गर्दै सरकारको राजश्व बृद्धि गर्नका लागि कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिए ।

बजेटमा भएका प्रावधान अनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौति गर्ने र पूँजिगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?