+
+

कराते महासंघका अध्यक्ष लामाद्वारा शपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १८:३४

१५ माघ, काठमाडौं । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल र कराते महासंघका सह–महासचिव ओमकृष्ण प्रसाईंको उपस्थितिमा सदस्य–सचिव घिसिङले अध्यक्ष लामालाई शपथ ग्रहण गराएका हुन् ।

राखेपले गत बिहीबार करातेका संस्थापक मध्येका एक एवं राखेपका पूर्व सदस्य–सचिव लामाको अध्यक्षतामा २१ सदस्यीय नेपाल कराते महासंघ केन्द्रीय कार्यसमिति, तदर्थ समिति गठन गरेको थियो ।

अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी जिम्मेवारी प्रदान गरेकोमा ४ वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न सकेको थिएन ।

त्यसैले राखेपले लामाको नेतृत्वमा अर्को समिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?