+
+

मोदीबारे बीबीसीको वृत्तचित्र हेर्ने विद्यार्थी विश्वविद्यालयबाट निष्कासित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १८:४२
Photo Credit : BBC Hindi

१५ माघ, काठमाडौं । भारतको राजस्थानमा अवस्थित सेन्ट्रल युनिभर्सिटीमा गणतन्त्र दिवसको साँझ नरेन्द्र मोदीमाथि बीबीसीले बनाएको वृत्तचित्र हेरेको भन्दै १० विद्यार्थीलाई १४ दिनको लागि विश्वविद्यालयबाट निलम्बन गर्दै छात्रबासबाट निकालिएको छ ।

बीबीसी हिन्दीका अनुसार निलम्बित अधिकांश विद्यार्थी दक्षिण भारतका मुस्लिम परिवारका हुन् । विश्वविद्यायले यसलाई अनुशासनको कारबाही भनेको छ ।

उनीहरूले मोबाइलमा वृत्तचित्र हेरेका थिए, यद्यपि उनीहरूले पर्दामा वृत्तचित्र देखाउने भन्दै पोस्टर टाँसेका थिए ।

निलम्बित विद्यार्थीहरूले वृत्तचित्र हेर्नेक्रममा उनीहरूले नाराबाजी नगरेर सामान्य बहस मात्रै गरेको बताएका छन् ।

भारतीय जनता पार्टी निकट विद्यार्थीहरू आएर देशविरोधी र प्रतिबन्धित भिडियो हेर्न नदिने भन्दै नाराबाजी गरेपछि त्यहाँ प्रहरी पुगेका थिए । ती विद्यार्थीहरूले ‘देशका गद्दारहरूले भारत छोड, देशका गद्दारहरूलाई गोली हान्’ लगायतका नारा लगाएका थिए ।

सत्तापक्षीय विद्यार्थीहरूले वृत्तचित्र हेर्नेहरूको सूचि बनाएका थिए जसमा अधिकांश मुस्लिम विद्यार्थीहरूलाई समेटिएको थियो ।

निलम्बित विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनले स्पष्टीकरणको मौका पनि नदिएको बताएका छन् । वृत्तचित्र हेर्नेको भन्दा पनि सत्तापक्षीय विद्यार्थी संगठनले तयार बनाएको सूचिको आधारमा निष्कासन गरिएको उनीहरूको जिकिर छ ।

विश्वविद्यालय प्रशासनले भने निलम्बित विद्यार्थीलाई वृत्तचित्र हेरेको भएर नभई अनुशासन उल्लंघन गरेकोले निष्काशन गरेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?