+
+

राजामौलीले सार्वजनिक गरे ‘दसरा’ टिजर, स्टाइलिस फस्टलुकमा नानीको ‘पुष्पा’ लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १७:०६

काठमाडौं । दक्षिण भारतीय अभिनेता नानीको करिअरमा सबैभन्दा महत्वपूर्ण मानिएको फिल्म ‘दसरा’को सशक्त टिजर सार्वजनिक भएको छ । ‘न्याचुरल स्टार’को उपनामबाट समेत चर्चित उनको प्रमुख अभिनय रहेको फिल्मको टिजरले दर्शकको ध्यानाकृष्ट गरेको छ ।

बाहुबली र आरआरआर फेम्ड निर्देशक एसएस राजामौलीले डिजिटल प्लेटफर्मबाट फिल्मको टिजर सार्वजनिक गरेका हुन् । फिल्ममा धनुष, शाहिद कपुर, दुल्कर सलमान र रक्षित सेट्टीजस्ता भारतीय स्टारहरु समावेश छन् । यी शीर्ष कलाकारले समेत आ-आफ्नो भाषामा टिजर सार्वजनिक गरेका छन् ।

‘दसरा’लाई श्रीकान्त ओडेलाले निर्देशन गरेका हुन् र यसमा साई कुमार, समुथिराकनी र जरीना वहाबको मुख्य भूमिका छ । सन्तोष नारायणनले संगीत दिएका छन् भेन श्रीलक्ष्मी वेंकटेश्वर क्रिएसन्सका सुधाकर चेरुकुरीले निर्माण गरेका हुन् । यो फिल्म ३० मार्च मा विश्वभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?