+
+

सांसदहरू, मन्त्रालयले बिजनेस देला भनेर कुर्न बन्द गरौं

सुमना श्रेष्ठ सुमना श्रेष्ठ
२०७९ माघ १९ गते १२:१७

मैले केही समयदेखि संसदमा तालिका चाहिन्छ भनेर आवाज उठाइरहेकी छु । यो मागलाई थुप्रै जनप्रतिनिधिले स्वागत गर्नुभएको छ । कतिपय भने यसलाई एकदमै ठूलो विषयजस्तो ठानेर अलमलमा परेको पनि देखियो । खासमा यो हाम्रा जनताको प्रतिनिधि थलोलाई व्यवस्थित बनाउने, जनताका लागि बढीभन्दा बढी कामकाजी बनाउने उपाय हो ।

जसरी हामीले विद्यार्थीलाई भर्ना गर्ने, परीक्षा लिनेलगायतका तालिका बनाउँछौं । स्कुलकै जस्तो तालिका संसदमा पनि चाहिएको छ । हामीले चुनावी दौरानमा धेरै बाचाहरू गरेका छौं । यो क्यालेन्डरले ती बाचाहरु पूरा गर्ने व्यवस्थित मौका दिन्छ ।

कसैले संसदलाई तालिका बनाएर बिजनेस दिने काम मन्त्रीहरुको हो भन्छन् । तर यो मन्त्रालयको मात्रै कुरा होइन । हिउँदे अधिवेशन, बजेट अधिवेशनमा हामी कुन कुन काम गर्छौं त भन्ने तालिका निकाल्ने बित्तिकै त्यसैका आधारमा काम गर्न सजिलो हुन्छ । जनतालाई पनि कुन काम भइसक्यो, कुन काम हुने चरणमा छ भनेर खुलस्त भन्न पाइन्छ ।

मन्त्रीहरुको पद कार्यकारी हो । सांसदहरूमा पनि जवाफदेहिता छ । समितिको मार्फत होस् या अरु, तालिका बनाएर अघि बढ्यौं भने अहिले देखिएका मिटरब्याजी, दुर्गम जिल्लाका झाडापखाला आदि विभिन्न समस्या समाधान गर्न सजिलो हुन्छ ।

त्यसैले मन्त्री र मन्त्रालयलाई मात्रै पर्खने बानी बन्द गरौं । हामी आफैं तालिका बनाएर अघि बढौं । विश्वमा अरु देशहरुले पनि यस्तो प्रचलन गरेका छन् । नेपालमा पनि यो गर्न नसकिने होइन ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले अनलाइनखबरमा आएर दिएको प्रस्तुतिको सम्पादित अंश । बाँकी अंश तपाईं  माथिको भिडियो प्रस्तुतिमा हेर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?