+
+

भैंसेपाटीबाट सुरु भयो नम्रता र गौरवको ‘नम्बरी सुन’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते ११:३४

काठमाडौं । गौरव पहारी, नम्रता सापकोटा र सरोज खनालको प्रमुख अभिनय रहने फिल्म ‘नम्बरी सुन’को छायांकन ललितपुर भैंसेपाटीस्थित श्रीकालीचौरबाट सुरु भएको छ । राजु गिरीले निर्देशन गर्ने फिल्मले ७० वर्षअघिको नेपाली समाजको कथा चित्रण गर्ने जनाइएको छ ।

छायांकन सेटबाट सार्वजनिक तस्वीरमा गौरव र नम्रतालाई त्यतिबेलाको भेषभूषामा देख्न सकिन्छ । मन्दिरमा पूजाआजासहित फिल्म छायांकन सुरु भएको हो । शुक्रबार पहिलो दिन गीत छायांकन भयो । नारायण खातीको कथा तथा प्रस्तुतिमा निर्माण हुने फिल्ममा ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीले प्रमुख खलपात्रको भूमिका निर्वाह गर्दैछन् ।

फिल्ममा बुद्धि तामाङ, सविन बाँस्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मणविक्रम बस्नेत, माया श्रेष्ठ, हीरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती र अनिता गिरीलगायत कलाकारको अभिनय छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा काजल गिरी, कंगना गिरी, विमर्श कुँवर, सक्षम गहतराज, श्रीयान्स खातीलगायत बाल कलाकारको पनि अभिनय रहनेछ । शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको फिल्मलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।

फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत तथा रामजी लामिछानेको नृत्य निर्देशन हुनेछ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ । फिल्मलाई लमजुङको भुजुङ गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा खिचिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?