+
+

रास्वपा बैठक : एक चरणको छलफल सकियो, निर्णायक छलफल चल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १४:३४

२२ माघ, काठमाडौं ।  सरकारबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पहिलो चरणको छलफल सकिएको छ ।

पहिलो चरणामा सांसद र केन्द्रिय सदस्यहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले सरकार छाड्न नहुने बताए पनि केहीले गृहमन्त्री नपाए सरकार छाड्नु पर्ने बताएका छन् । अब निर्णायक छलफल सुरु भएको र यो छलफलबाट निष्कर्ष निकालिने श्रोतले जनाएको छ ।

बैठकपछि पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति रवि लामिछानेले बताएका छन् ।

चितवन-२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुन: नागरिकता लिएपछि उनले  गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागेका छन् ।

लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सकारात्मक छैनन् । त्यसैले गृहमन्त्री नपाउँदा सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी रास्वपाले दिएको छ । सोही विषयको टुंगो अब बैठकले लगाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?