 
																			२२ माघ, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । १.५४ अंकले बढेको बजार २०९६.०८ बिन्दुमा रोकिएको छ । आइतबार ०.०७ प्रतिशतले बजार बढेको हो । २५८ धितोपत्रको ३९ हजार १८७ वटा कारोबारबाट ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।
आइतबार लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र ट्रेडिङ उपसूचकको मूल्य घट्यो । त्यसबाहेकका उपसूचकको मूल्य भने बढेको छ । आइतबार आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेवलमा कारोबार भयो । यसको मूल्य १० प्रतिशत बढेर २१२१.७० रुपैयाँ पुगेको छ । पोखरा फाइनान्स, सिद्धार्थ इक्विटी फण्डसहितको मूल्य धेरैले बढेको छ । इस्टर्न हाइड्रो, प्रभु बैंक डिभेन्चर, प्राइम लाइफ इन्स्योरेन्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4