+
+
Shares

६ अंक घट्यो सेयर बजार, कारोबारमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार नेप्से परिसूचक ६.५१ अंक घटेर २७२४ अंकमा कायम भएको छ।
  • कारोबार रकम ३ अर्ब ८ करोड पुगेको छ, जुन अघिल्लो दिनको भन्दा बढि हो।
  • कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १४.२६ प्रतिशतले सबैभन्दा धेरै बढेको छ।

५ जेठ, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ६.५१ अंक घटेको छ । सो कमीपछि २७२४ अंकमा कायम भएको छ । ११३ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १२ को स्थिर रह्यो ।

कारोबार रकममा केही सुधार आएको छ । अघिल्लो दिन २ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडको भयो । पूरा अवधि (४ घण्टा) कारोबार हुँदा अघिल्लो दिनको कारोबार रकम २ वर्षकै न्यून हो । व्यापार समूह सबैभन्दा धेरै १.२४ प्रतिशत घट्यो ।

अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.१०, होटल तथा पर्यटन ०.५६, हाइड्रोपावर ०.५०, लगानी ०.२२, जीवन बीमा ०.२२, उत्पादन तथा प्रशोधन ०.६७ तथा अन्य समूह ०.३९ प्रतिशत घटे ।

निर्जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.१२, विकास बैंक ०.७७ र फाइनान्स ०.०७ प्रतिशत बढे ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १४.२६ प्रतिशत बढेको छ । त्यस्तै नेपाल रिपब्लिक मिडियाको ६.४१, दरामखोला हाइड्रो इनर्जीको ३.६१ प्रतिशत मूल्य बढ्यो। सिटी होटलको मूल्य ६.८४, थ्रीस्टार हाइड्रोपावरको ५.८२, झापा इनर्जीको ४.४३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा सिटी होटल, साहस ऊर्जा, आँखुखोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई प्यानल छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?