+
+

उतारचढावबीच नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम १ अर्ब ४७ करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १५:३१

२३ माघ, काठमाडौं । सोमबार सेयर बजारमा ४.५७ अंकको वृद्धि भएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा भने बढेको हो । ०.२२ प्रतिशतले वृद्धि भएको सेयर बजार २१००.६५ बिन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार २५९ धितोपत्रको २९ हजार ८४६ वटा कारोबारबाट ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार आदर्श लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यो कम्पनीको लगातार तेस्रो कारोबार मूल्य बढेको हो । माहुली लघुवित्तको ५.५१, युनिभर्सल पावर, सिभिल लघुवित्तको मूल्य धेरैले बढेको छ ।

सोमबार सबैभन्दा धेरै लक्ष्मी बैंक डिभेन्चरको मूल्य घट्यो । बाराही हाइड्रो, मिथिला लघुवित्तसहितका कम्पनीको मूल्य धेरै घट्नेमा रहेको छ । एनआईसी एसिया बैंक, युनिभर्सल पावर, नेपाल लाइफ इन्स्योरेन्ससहितका कम्पनीको धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?