+
+

डल्लुमा ट्यांकरको ठक्करले ५ वर्षकी बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १७:१८

२३ माघ, काठमाडौं । काठमाडौंको डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको मृत्यु भएको छ ।

सोमबार विहान साढे १० बजे डल्लुको चामुण्डा स्कुल नजिकै बा ३ ख ५३६१ नम्बरको ट्यांकरले साइकल चलाइरहेका बेला ठक्कर दिँदा ५ वर्षकी बालिका रियानी देउलाको मृत्यु भएका प्रहरी वृत्त स्वयम्भूका डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

भक्तपुर घर भएका बालिकाको परिवार डल्लुमा भाडामा बस्दै आएका थिए । उनीहरु बस्ने भन्दा पल्लो घरमा पानी खन्याएर फर्किँदै गरेको ट्यांकरले सडकमा साइकल चलाइरहेकी बालिकालाइृ ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?