+
+

रवि लामिछानेलाई अभिव्यक्ति सच्याउन मिडिया सोसाइटीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १८:३५

२३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यम सञ्चालक र पत्रकारप्रति दिएको अभिव्यक्तिको नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ ।

सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सोमबार एक विज्ञप्ति जारी गरी आइतबार पत्रकार सम्मेलनमार्फत रविले नेपाली आमसञ्चार क्षेत्रप्रति आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउनु र धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर घात भएको बताएका छन् ।

सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरुको नामै लिएर सार्वजनिक रूपमा धम्की दिंदै भीडको सहारामा मिडियालाई आफैं कारबाही गर्ने चेतावनी दिनुले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरु असुरक्षित हुन सक्ने सोसाइटीले बताएको छ ।

‘लामिछानेको अभिव्यक्तिबाट सिर्जित कुनै अप्रिय घटनाको स्वयं लामिछाने र उनको दल जिम्मेवार हुनुपर्ने कुरा समेत स्पष्ट गर्न चाहन्छौं’ कँडेलले विज्ञप्तिमा भनेका छन् ।

सोसाइटीले लामिछानेलाई गल्ती सच्याउन, गालीगलौज फिर्ता लिन आग्रह गर्दै आरोपित मिडिया र मिडियाकर्मीप्रति कुनै प्रमाण भए पुष्टि गर्न चुनौतीसमेत दिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?