+
+

मिस नेपाल-२०२३ को अडिसन इटहरीबाट सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १२:३९
फाइल तस्वीर

काठमाडौं । मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुवात इटहरीबाट हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले शनिबार अडिसन हुन लागेको जनाएको छ । जसका लागि बिहीबार मिस नेपालको टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।

इटहरीको होटल मादेन इनमा हुने अडिसनमा सहभागी हुन इच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारी छ । इटहरीपछि वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा मार्च १५ सम्म क्षेत्रीय अडिसन हुने उल्लेख छ । सबैभन्दा अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी छ ।

अघिल्लो संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्‍याउन क्षेत्रीय अडिसनको थालनी गरेको थियो । जसकारण अघिल्लो संस्करणमा मात्र ७०० आवेदन प्राप्त भएको थियो । क्षेत्रीय अडिसनमा पनि मिस नेपाली प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का सहभागी हुनेछन् ।

इटहरीमा चार जना भाग्यशाली प्रतिस्पर्धीले तीनै जना मिस नेपालसँग डिनर गर्न पाउने जनाइएको छ ।

यसैबीच, मिस नेपाल-२०२३ को आवेदन चैत १ गतेसम्म दिन पाइने भएको छ । आवेदन प्राप्त भइरहेको हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले जानकारी दिए । आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनालेको आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?