+
+

१२ वर्षछि हट्यो मैतीदेवीको प्रहरी बिट (तस्वीरहरु)

शंकर गिरी शंकर गिरी
२०७९ माघ २४ गते १९:२२

२४ माघ, काठमाडौं । काठमाडौंको वडा नम्बर २९ को मैतिदेवीको अस्थायी प्रहरी विटमा काठमाडौं महानगरपालिकाले मंगलबार डोजर चलायो । २०६७ फुटपाथका यात्रु र सवारी साधनलाई समेत विटको कारणले असहज भएको गुनासो आएपछि सडक पेटीमै रहेको प्रहरी बिट हटाएको हो ।

महानगरपालिकाले केही समय अगाडि प्रहरीलाई पत्र लेख्दै उक्त स्थान खाली गर्न भनेको आधारमा आज हटाइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘हामीले आपसी समन्वय र व्यवस्थापनका लागि गृहकार्य गरेर काम अगाडि बढाएका हौं,’ पाण्डेले भने ।

२९ नम्बर वडाका वडाध्यक्ष कुश ढकालले चोक सुधार र सौन्दर्यका लागि बिट हटाएको बताए । ढकालले प्रहरी बिट दिने बेलामा नै महानगरले हट्नुस् भनेपछि हट्ने शर्त राखेको बताए ।

‘वडा नम्बर ११, २९ र २८ हेर्न प्रहरी चौकीको अस्थायी बिटको रुपमा सुरुमा निर्माण भएको थियो । अहिले कमलपोखरी प्रहरी चौकी अन्तर्गतका ६–७ जना प्रहरी बस्दै आएका थिए । अहिले हटाएका हौैं, यसमा प्रहरीको पनि समन्वय रहेको छ ।’

महानगरले नै अब उक्त बिटमा रहेका प्रहरीको लागि मैतीदेवी मन्दिर परिसरमा स्थान उपलब्ध गराएको जनाएको छ ।

हेर्नुहोस् तस्वीरहरु :

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?