+
+

सिक्किममा मन्त्रीको राजीनामा, नेपालीभाषीलाई प्रवासी भनेको विरोधमा आज बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १२:४७

२५ माघ, काठमाडौं । भारतको सर्वोच्च अदालतले एउटा फैसलाको व्याख्या गर्ने क्रममा सिक्किम प्रान्तका नेपालीभाषीलाई विदेशी भनेपछि उठेको आन्दोलन चर्किंदै गएको छ ।

सिक्किमका पूर्वमूख्यमन्त्री पवन चाम्लिङको आह्वानमा आज बुधबार त्यहाँ सिक्किम बन्द आयोजना भएको छ ।

चाम्लिङ अहिले त्यहाँको विपक्षी दल एसडिएफका नेता छन् ।

चाम्लिङले नयाँ दिल्लीको हर्कतविरुद्ध बोल्न डराएको भन्दै हालका मुख्यमन्त्री पीएस गोलेको राजीनामा समेत मागेका छन् ।

गोले सरकारका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री मणि शर्माले पदबाट राजीनामा गरेका छन् ।

सिक्किममा ढिलोगरी आयोजना भएको बन्दको आंशिक प्रभाव छ ।

पाँच दशकअघिसम्म छुट्टै देशका रुपमा रहेको सिक्किम सन् १९७१ मा भारतमा विलय भएको थियो ।

अझै पनि त्यहाँका बासिन्दालाई हेर्ने दिल्ली संस्थापनको नजरियामा भने फेरबदल आइनसकेको गुनासो हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?