+
+

‘भ्यालेन्टाइन डे’को अवसरमा जगदम्बा मोटर्सको ‘टीभीएस लभ एक्सप्रेस’ योजना

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १४:२६

काठमाडौं । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर टीभीएस स्कुटरहरुमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । कम्पनीका अनुसार यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा ६ हजार रुपैयाँसम्मको स्योरसट नगद छुट पाउनेछन् ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआई लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार टीभीएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १२५ सिसिको स्कुटर हो । जसमा भएको बीएस ६ र आरटी-एफआई इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । यस स्कुटरले १० बीएचपी भन्दा बढीको पावर जेनेरेट गर्छ । यो स्कुटरमा एक्सपी आर्थात एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेको भन्दा अझै पावरफुल भएको अनुभव हुन्छ । यसमा भएको राइड मोड (स्ट्रिट/रेस) चेन्ज अप्सनले गर्दा आफूलाई चाहे अनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ । साथै यसमा भएको ब्लुटुथ कनेक्टिभटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाइ सजिलै आफूले चाहे जसरी कन्ट्रोल गर्न पनि सकिन्छ । यसमा रहेका आकर्षक कलर अप्सनले गर्दा झनै मन लोभ्याउने कम्पनीले बताएको छ ।

२४ माघदेखि १६ फागुनसम्म लागु हुने यस योजना अन्तर्गत ग्राहकहरुले ३ हजार ९९९ रुपैयाँ (रु. १३३ प्रतिदिन), २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?