+
+
Shares

आन्दोलन हाँकेका ३ नेता भन्छन् : प्रश्नदेखि डराउनुहुन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १९:२९

२५ माघ, काठमाडौं । २०६२/०६३ सालको जनआन्दोलनमा सडक प्रदर्शनको नेतृत्व गर्नेमा अहिलेका नेताहरु गगन थापा, रामकुमारी झाँक्री, प्रदीप पौडेल लगायत थिए ।

त्यतिबेला थापा र पौडेल नेपाल विद्यार्थी संघमा र झाँक्री अनेरास्ववियुमा थिए । पार्टीको नेतृत्व तहमा पुगिसकेका यी तीन नेता बुधबार लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ कार्यक्रममा सँगै भेटिए ।

कार्यक्रमको सुरुमा कांग्रेसका युवा नेता डिल्लीराम सुवेदीले २०६२÷०६३ को आन्दोलनमा आशाको सञ्चार गर्ने नयाँ पुस्ताबाट पुुन त्यस्तै भूमिकाको अपेक्षा गरेको बताए । ‘हिजोको सपना के थियो, हामीले पोलिटिकल कल्चर स्थापना गर्न सक्यौं कि सकेनौं ?’ सुवेदीले भने, ‘चिन्तन गर्नु आवश्यक छ ।’

तीनै जनाले विगतको संघर्षको उपलब्धिको नागरिकले अनुभूति गर्न नपाएको स्वीकार गरे । त्यसै कारण गत निर्वाचनमा मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई उल्लेख्य मत दिए । तर उक्त दलले पनि पुरानै दलको जस्तो व्यवहार देखाएको कांग्रेस महामन्त्री थापाले टिप्पणी गरे । उनले नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि प्रश्न गर्नुपर्ने र उसले जवाफ दिनुपर्ने बताए ।

‘नो नट अगेन भनिसकेपछि किन सरकारमा गएको, सरकारबाट निस्किएपछि किन समर्थन गरिराखेको’, थापाले प्रश्न गरे,‘ कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नहुने हो ?’ प्रश्न उठ्दा नेताले जवाफ दिनुपर्ने भन्दै उनले प्रश्न उठाउने सञ्चार माध्यममाथि खनिन नहुने धारणा राखे ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले रास्वपामा छोटो समयमै सत्तालिप्सा देखिएको बताए । ‘छोटो समयमै सत्तालिप्सा देखियो । वैकल्पिक शक्ति भनेको दलले पनि संयमतता गुमायो’ उनले भने ।

एकीकृत समाजवादीकी सचिव झाँक्री मुख्य दलले हिजो उठाएका एजेण्डालाई नयाँ तरिकाले सोच्नुपर्ने बताइन् । संविधानविरुद्ध कुनै शक्तिले विषवमन गरेपनि आत्तिन नहुने पनि उनको भनाइ छ । नेतालाई प्रश्न उठ्नु सच्चिने अवसर भएको झाँक्रीले बताइन् ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले मूलधारका राजनीतिक दलहरुको कार्यशैली प्रति बेखुसी देखिए । ‘पार्टीहरुमा मठाधीश प्रवृत्ति छ । लोकतान्त्रिक दल भने पनि पद्धति लोकतान्त्रिक देखिँदैन’, उनले भने, ‘एमाले र माओवादीमा निर्णय प्रक्रियामा नोट अफ डिसेन्ट लेख्न समेत नपाउने अवस्था छ ।’

कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफ्नो पार्टीको निर्णय प्रक्रियामा सार्थक हस्तक्षेप गर्न सक्नेमा वाग्लेले आशंका गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?