+
+

सुदूरपश्चिममा संसदको पत्र कुर्दै प्रदेश प्रमुख, अर्को मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १८:११

२६ माघ, धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएपछि  प्रदेश प्रमुख देवराज जोशी नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा जुटेका छन् ।

उनले मुख्यमन्त्री पदमुक्त भएको पत्र आएपछि नयाँ मुख्यमन्त्री नियुक्ति अघि बढाउने तयारी गरेका छन् ।

संविधानको धारा १६८ (२) अनुसार २७ पुसमा मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता रावलले विश्वासको मत नपाएपछि उनी बिहीबार नै पदमुक्त भए ।

धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाएमा सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

त्यस अनुसार १९ सिटसहित प्रदेशसभामा ठूलो रहेको नेपाली कांग्रेसको संसदीय दलको नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुन सक्नेछन् ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेश ढु‌गानाले अर्को मुख्यमन्त्री नियुक्तिका विषयमा प्रदेश प्रमुख जोशीले परामर्श सुरु गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?