+
+

त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको काम सुरू (तस्वीरहरू)

घण्टाघरको घडी पनि स्वचालित बनाइने

आर्यन धिमाल आर्यन धिमाल
२०७९ माघ २७ गते १४:२७

२७ माघ, काठमाडौं । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण सुरू गरेको छ । २ पुस २०७९ देखि  १ पुस २०८१ सम्म सक्नुपर्ने सम्झौता अनुसार काम भइरहेको आयोजना उपनिर्देशक प्रभाकरलाल कर्णले बताए ।

आयोजना उपनिर्देशक कर्णका अनुसार पुरानो भवनलाई रेट्रोफिट गर्ने र त्यो अवधिसम्मका लागि भवनमा सञ्चालित कक्षाहरु अस्थायी ‘प्रि–फ्याब’ कोठाहरु बनाएर सार्ने तयारी भइरहेको छ ।

रानीपोखरीको डिलमा अस्थायी प्रि–फ्याब कोठाहरु बनाउने कार्य पनि सुरू भइसकेको आयोजना उपनिर्देशक कर्णले जानकारी दिए । ३४ करोड ६७ लाख रुपैयाँमा भवन पुनर्निर्माण गर्न सम्झौता भएको उनले बताए ।

आयोजनाले नै अब घण्टाघरको घडीलाई स्वचालित बनाउनका लागि पनि अध्ययन सुरु गरेको छ । आयोजना उपनिर्देशक कर्णले भने, ‘अहिले घण्टाघरको घडी एक जना व्यक्तिले गेयरहरु चलाउँदै आउनुभएको थियो । तर अब स्वचालित बनाउने अध्ययनको काम भइरहेको छ ।’

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?