+
+

गणतन्त्रवादीहरु एकजुट हुनुपर्छ : पूर्वमन्त्री गहतराज

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १२:४४

१ फागुन, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराज (अथक) ले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन । प्रेस सेन्टर, बाँकेको साधारणसभा तथा विशेष अधिवेशनलाई सम्बोधन गर्दै उनले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले परिवर्तनका पक्षधरहरु एक हुनुपर्ने बताएका हन् ।

न्याय र समानताको पक्षमा पत्रकार जगत क्रियाशील हुनुपर्ने भन्दै उनले देश र जनताको पक्षमा सधैं उभिरहने प्रतिबद्धता समेत जनाएका थिए ।

यस्तै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले जनताको ठूलो वलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको प्रमुख दायित्व रहेको बताए । गाउँ गाउँमा पत्रकार उत्पादन गरेर ग्रामीण क्षेत्रका जनताको आवाजलाई सरकारसम्म पुर्याउने अभिभारा पूरा गर्नेतर्फ प्रेस सेन्टर नेपाल अग्रसर रहेको अध्यक्ष सापकोटाले बताए ।

आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन

आइतबार सम्पन्न साधारणसभा तथा विशेष अधिवेशनबाट राजेश आचार्यको नेतृत्वमा जिल्ला समितिको नयाँ कार्यसमिति चयन भएका छन् । उनी निवर्तमान उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा संगिन शर्मा, समाबेशी उपाध्यक्षमा सीता वली, सचिवमा केपी घिमिरे, सहसचिवमा डिल्ली शाही र तिलक नेपाली तथा कोषाध्यक्षमा अनिता विक चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा निरज सिंह, सन्तोष विष्ट, कल्पना शाही, अरशद अली रंगरेज, युसुफ अन्सारी, ममता खड्का, इन्द्र चौधरी, खिम प्रसाद डीसी, कृष्ण उपाध्यक्ष र अनिश शाह रहेका छन् ।

कार्यक्रममा प्रेस सेन्टर बाँकेले स्थापना गरेको क्रान्तिकारी पत्रकारिता पुरस्कारबाट डक्ट धिताल र बिरमी चन्द ग्रामीण पत्रकारिता पुरस्कारबाट आलम खान तथा कल्पना शाहीलाई सम्मान गरिएको थियो । यस्तै, पत्रकारहरू सिराज खान, सुशील लामिछाने, शिव सुनार, प्रदीप वाग्ले, गजेन्द्र गुरुङ र हेमन्त चौधरीलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?